पोखरा भद्रकालीमा नि:शुल्क छात्ती तथा फोक्सो रोग स्वास्थ्य शिविरमा १ सय १३ जनाले लिए सेवा
पाेखरा | पुस २७, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ भद्रकालीमा नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडको प्राविधिक सहयोगमा निःशुल्क छात्ती तथा फोक्सो रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. शैलेश गुरुङको नेतृत्वमा आयोजित शिविरमा ११३ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरमा पल्मोनरी फङ्सन टेस्ट (पीएफटी)द्वारा ७१ जना बिरामीहरूको फोक्सोको स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रमको उद्घाटन डा। चन्दन श्रेष्ठले गर्नुभएको थियो। शिविरमा जाडोयाममा दम, अस्थमा तथा सासप्रस्वासका समस्या बढ्ने भएकाले फोक्सोको नियमित परीक्षण आवश्यक रहेको सुझाव डा. शैलेश गुरुङले दिनुभएको छ।
नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडका प्राविधिक प्रतिनिधि सञ्जिव रोक्काको सहयोगमा सम्पन्न उक्त शिविरले स्थानीयस्तरका बिरामीहरूलाई राहत दिएको छ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

